मलाई नागरिकता नदिनु भनेको मेरो आमाको अधिकार खोस्नु हो : सुरज हजारे दाहाल

“मेरो आमाले विदेशी विवाह गरेकै कारण मैले नागरिकता नपाएको हुँ ?” यो प्रश्नले सुरजलाई सँधै घोची रहन्छ । समाजमा नेपाली बुबाले विदेशी महिला विवाह गर्दा तुरुन्त नागरिकता पाएको थुप्रै घटनाहरु देखेका छन् सुरजले । विदेशी महिलाले सिन्दूर लगाएकै भरमा तुरुन्तै नागरिकता पाउने तर नेपाली महिलाको कोखबाट जन्मेको बच्चा चाहिं अनागरिक भएर बस्नु पर्ने यो कानूनी विभेदको शिकार बनेका छन् पोखराका सुरज हजारे दाहाल ।

सुरजका बुबा भारतीय नागरिक हुन् । उनका बुबा भारतबाट नेपाल घुम्न आउने क्रममा उनका आमासँग प्रेम सम्बन्धमा बाँधिन पुग्छन् । समाजको डरले दुबैले भागेर विवाह गर्छन् र नेपालमै बसोबास गर्छन् । सुरजको जन्म हुन्छ । उनी कक्षा ८ मा पढ्दै गर्दा बिद्यालयले सुरजको बुबाको थर सुरजको नाममा झुण्ड्याइ दिन्छन् । पुरानो कानूनका आधारमा यो तरिका ठिक थियो होला । तर उनी कक्षा १२ मा पढ्दै गर्दा कानून पनि फेरिन्छ । अन्तरिम संविधानले बुबा ‘वा’ आमाको नामबाट नागरिकता लिन मिल्ने प्रावधान अगाडि ल्याएपछि भने सुरजले आमाको थर पनि आफ्नो थरसँग जोड्न थाल्छन् ।

सुरजको नाम सुरज हजारेबाट सुरज हजारे दाहाल भए जस्तै नेपालको कानून पनि फेरि सक्यो । कानूनतः बुबा वा आमाको नामबाट नागरिकता दिने प्रावधान हुँदाहुँदै २६ वर्षका सुरजलाई अझै नागरिकता प्रमाणपत्रबाट बञ्चित गरिंदैछ । किन ? यो विभेदसँग लड्दै अगाडि बढिरहेका कयौं सुरजहरुको कथा हो यो । यो कथा सुरज हजारे दाहालको हो ।

सानो छँदा सुरज फेवा ताल छेऊमा रहेको आफ्नो होटलमा आमा बुबाको साथ

सानो छँदा सुरज फेवा ताल छेऊमा रहेको आफ्नो होटलमा आमा बुबाको साथ

गृह मन्त्रालयको नागरिकता फाँटमा जान जारि गरिएको बिना परिचयपत्र गएका सुरजको गेट पास

गृह मन्त्रालयको नागरिकता फाँटमा जान जारि गरिएको बिना परिचयपत्र गएका सुरजको गेट पास

आमाको कोखबाट जन्मेको सन्तानको नागरिकताको हकका लागि गरिएका र्यालीमा सहभागी हुँदै सुरज

आमाको कोखबाट जन्मेको सन्तानको नागरिकताको हकका लागि गरिएका र्यालीमा सहभागी हुँदै सुरज

सुरजका आमा बुबाको बैवाहिक सम्बन्ध दर्ता भएको प्रमाण पत्र

सुरजका आमा बुबाको बैवाहिक सम्बन्ध दर्ता भएको प्रमाण पत्र

 

 

फोटो : सुरज हजारे दाहालको फोटो एल्बमबाट 
संगीत साभार: Jellis – Far Away, Jacob David – Andachten, Keith Kenniff – Resolve