चार वर्ष नाघी सक्यो, आमाको केहि खबर छैन: सुधा महर्जन

कान्छी छोरी भएकै कारण सुधाले सँधै आमाको माया पाउँथिन्, अरुले भन्दा अलिक धेरै । आमाको माया थोरै पाएर इर्श्या गर्ने घरमा अरु दुइ दिदीहरु पनि छन । बजार जाँदा ल्याइदिने कोसेली र उसलाई सिलाई दिने नयाँ लुगाहरुबाट ती माया मुर्त रुपमा ब्यक्त हुन्थे ।

तर  चार वर्ष नाघी सक्यो आमाले सिलाई दिने नयाँ लुगा लगाउन नपाएको । २०६८ साल फाल्गुन १६ गते आफ्नै साथीको घर गएकी छोरीमैंया कहिल्यै फर्केनन ।

“आमा हुनुहुन्छ भनुँ भने पनि कुन अवस्थामा हुनुहुन्छ भनेर चिन्ता लाग्छ । हुनुहुन्न भनुँ भने पनि मन नै मान्दैन ।”

सुधा महर्जन र उनको परिवारले सत्य र न्यायका लागी सबै ढोका घच्घच्याइ सके । तर सत्य र न्यायबाट अझै बन्चित बनाइ राखिएको छ । यो कथा बेपत्ता छोरीमैंया महर्जनको हो ।

छोरीमैंया महर्जन तीन छोरीहरुको साथ ।

छोरीमैंया महर्जन तीन छोरीहरुको साथ ।

***
फोटो
: सुधा महर्जन र परिवार । 
पृष्ठभूमि संगीत साभार: Ólafur Arnalds – Out To Sea, Someday.