आमाले मलाई जिम नै नगर भन्नुहुन्थ्यो : महेश्वर महर्जन

Maheswar Maharjan, Asian Body Building Champion 2016, Nepal Suna Mero Katha

मध्यम वर्गीय किसान परिवारमा जन्मेका महेश्वर महर्जनको शारिरीक बनावट पातलो थियो । ज्यान पातलो भएकै कारण विद्यालयमा साथीहरुले पनि जिस्क्याउने गरेको कुरा उनलाई अझै याद छ । २० वर्ष पछि उनै साथीहरु अहिले महेशको शरिर हेरेर तारिफ गर्छन् । छक्क पर्छन् ।

धेरै पैसा भएका मान्छेहरुले यो खेलमा लाग्दै लाग्दैन । हुँदै नभएकाहरुले पनि लाग्न सक्दैन । आफू परियो ‘मिडल क्लास’ ।

परिवारको कमजोर आर्थिक स्थिति, नकारात्मक सामाजिक बुझाई र आमाको दवाबका कारण महेश्वरलाई शारिरीक सुगठनमा लाग्न धेरै गाह्रो थियो । तर उनको यस रुची प्रतिको निरन्तरताका कारण नै गत वर्ष भूटानमा भएको ५०औं एशियाली शारिरीक सुगठन प्रतियोगीताको स्वर्ण पदक सम्म जित्न उनी सफल भएका छन् ।

आफ्नो रुचीलाई सपनामा ढाल्न सफल महेश्वर महर्जनको संघर्षशील कथा हो यो ।

फाईल फोटो : सन् २०१४ मा १३ औं धर्मश्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगीतामा स्वर्ण पदक जित्दाको त्यो क्षण ।

सन् २०१४ मा १३ औं धर्मश्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगीतामा स्वर्ण पदक जित्दाको त्यो क्षण ।

भूटानमा आयोजित ५० औं एशियन बडि बिल्डीङ्ग एण्ड फिजिक स्पोर्टस् च्याम्पीयनशीप २०१६ मा स्वर्ण पदक उठाउँदै ।

भूटानमा आयोजित ५० औं एशियन बडि बिल्डीङ्ग एण्ड फिजिक स्पोर्टस् च्याम्पीयनशीप २०१६ मा स्वर्ण पदक उठाउँदै ।

 

***
फोटो : महेश्वर महर्जनको फोटो एल्बमबाट

संगीत साभार: Balmorhea – All is Wild, All is Silent, Gang Violins – This Fire, Movediz – Prayer