माओवादी जनमुक्ति सेना सकियो भन्ने भ्रम नपरोस्: बिपना मल्ल

“अधिकार मागेर हैन खोसेर लिनु पर्छ” भन्ने नारा प्रायः सुनिने नारा थियो बिपना मल्लका लागि । अधिकार खोस्नका लागि आफै अग्रसर हुनुपर्छ भन्ने कुरो चाहिं माओवादीमा लागेर मात्रै अनुभव गर्ने मौका पाइन् ।

जनयुद्धका बेला शाही सेना र प्रहरी प्रशासनले सबैलाई माओवादी देख्थ्यो । गाउँका केटाकेटी, स्कूले बिद्यार्थीहरु देखि लिएर हरेक गाउँका जनतालाई उनीहरु माओवादी देख्थे । त्यही अनुरुप दमन पनि गर्थे । बिना कारण सेनाको हातबाट मर्नु भन्दा अधिकार प्राप्तिका लागि गाउँगाउँमा हतियार सहित छिरेका माओवादीहरुसँग लागेर केहि गर्नु ठिक लाग्यो बिपनालाई । गाउँका कयौं युवायुवतीहरु जस्तै उनी पनि सानै उमेरमा माओवादी बनिन् ।

१४ वर्षको उमेर देखि माओवादी आन्दोलनमा होम्मिएकी बिपनालाई सेना समायोजनको नाममा जनमुक्ति सेना विघटन गरेर नेपाल सरकारले आफूहरुलाई धोखा दिएको भन्ने थम्याई छ । तर पनि माओवादी आन्दोलन अझै उदाउने कुरामा उनको आत्मविश्वास बलियो छ ।

यो कथा पूर्व जनमुक्ति सेना बिपना मल्लको हो । साथै कयौं ‘अयोग्य’ लडाकु भनेर सेना समायोजनबाट हटाइएका पूर्व जनमुक्ति सेनाहरुको पनि ।

BipanaMalla_Sunamerokatha2

 

***
फोटो : बिकिल स्थापित
कभर फोटो सम्पादन : प्रिजल शिलाकार
संगीत साभार: Tambour – Sleepers, Olafur Arnalds – Tree