कोही पनि आफ्नो कथाबाट उम्कन सक्दैन ।

सबै सँग कथा हुन्छन । कम्तिमा पनि एउटा कथा, आफ्नै कथा । त्यसलाई कोही लेख्छन र कथाकार बन्छन । तर अधिकांशले आफ्नो कथा आफैसँग राख्छन र इतिहासकार हुन्छन । त्यही जिवित इतिहासलाई सबै सामु ल्याउने जामर्को हो ‘सुन मेरो कथा’ । इतिहास जित्नेले लेख्छन यहाँ । तर सबै पढ्ने पढाइने इतिहास सत्य नै हुन्छन भन्ने पनि हैन । किनकी हार्नेका पनि इतिहास हुन्छन । जुन त्यती नै सत्य हुन्छन । भ्लादमिर लेनिनले भन्नुभए जस्तै, “अक्सर धेरै भनिएका झुठ पनि सत्य हुन्छन यहाँ ।” बिडम्बना यही छ की लेखिएको, धेरै भनिएका  इतिहासलाई मात्रै मन्यता दिइन्छ । हाम्रा पनि इतिहास छन । हाम्रा पनि कथा छन । समाजका । परिवारका । गाउँ-ठाउँका । प्रेमका । एकादेशका । सुनिएका-नसुनिएका । भनिएका-नभनिएका । अनगिन्ती रङ्गिबिरङ्गी कथा । यही कथाहरु सुनेर कोही कसैलाई हौसला मिल्छ भन्ने किन नसुनाउने आफ्नो कथा ?

सुन मेरो कथा ।