रुपचन्द्र विष्ट सानै उमेर देखि विद्रोही स्वभावका थिए – (भाग १)

रुपचन्द्र विष्ट बहु–नामका धनी थिए । रुदाने (रुप दामन नेपाल), जसरु (जनमुखी सहकर्मी रुपचन्द्र), रापसरु (राष्ट्रिय पञ्चायत सदस्य रुपचन्द्र) र स्वरुपे (स्वयंको रुपचन्द्र) – यी सबै रुपचन्द्र विष्टका फरक नामहरु हुन् । विभिन्न कालखण्डमा उनको नाम फरक फरक ढंगबाट लिइयो । तर सानो छँदा उनको नाम भने केदार विष्ट थियो ।

रुपचन्द्र विष्ट सानै देखि विद्रोही स्वभावका थिए । बुबाको आँखाको तारो नै बनेका रुदाने भने आमाको आँखाको नानी झैं प्रिय थिए । बुबा छोराको स्वभाव, विचार र व्यवहार पनि नमिल्दा दश वर्षको कलिलो उमेरमै आलिशान घर, कुलीन जीवनशैली र बुबाले दिएको ‘केदार’ नाम समेत त्यागेर आफ्नो न्वारन आफै गरी ‘रुपचन्द्र विष्ट’ बनेर घरबाट निक्ले ।

“व्यक्तिगत स्वार्थ भनेका रछ्यान हुन् । रछ्यानमा किटाणु किरा मात्रै रमाउँछन्, मान्छे रमाउँदैन ।” – रुपचन्द्र विष्ट

अत्यन्तै उर्जाशील प्रगतिशील व्यक्तित्वका धनी रुदानेको जीवनमा कयौं आरोह–अबरोहहरु आए । तर उनी समाज परिवर्तनका लागि लड्न कहिल्यै थाकेनन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ ।

यो कथा रुपचन्द्र विष्टको हो ।

हाई स्कूलका प्रधानाध्यापक हुँदा, पालुङ्ग मकवानपुरमा ।

हाई स्कूलका प्रधानाध्यापक हुँदा, पालुङ्ग मकवानपुरमा ।

पिता पदम बहादुर विष्ट तथा दाजु भाईहरुसँग  रुपचन्द्र विष्टको दुर्लभ फोटो ।

पिता पदम बहादुर विष्ट तथा दाजु भाईहरुसँग रुपचन्द्र विष्टको दुर्लभ फोटो ।

***
फोटो साभार : रणसंग्राम विष्ट, निलकण्ठ विष्ट, गील दोनाहुइ
संगीत साभार: Goldmund – Sometimes, Yoe Mase – Missing in Action, Ólafur Arnalds – TREE & Out To Sea

2 thoughts on “रुपचन्द्र विष्ट सानै उमेर देखि विद्रोही स्वभावका थिए – (भाग १)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

73 − 71 =