“त्यो हिमाल टाढा की ममी गएको ठाउँ टाढा?” भनेर छोरोले सोध्दा भक्कानिएर रोउँ झैं लाग्छ : लक्ष्मण रञ्जीत

हरेक वर्ष इन्द्रजात्रामा लाखेको अवतारमा नाच्दा नाच्दै प्रख्याती पाइसकेका लक्ष्मण रञ्जीतलाई भित्री काठमाडौंमा नचिन्ने सायदै कोहि होला । त्यसो त उनी भारतोलनका खेलाडी पनि हुन । तर २०७२ सालको भूकम्प पछि भने न उनी लाखे बनेरै अघि आए न खेल क्षेत्रमा फर्कन नै सके ।

एक वर्ष अघिको भूकम्पमा काठमाडौंको मरु स्थित काष्ठमण्डप भत्किंदा लक्ष्मणको दाँया खुट्टा भाँचियो । उपचार पछि हिँड्न सक्ने भएको छ । तर भूकम्पले सबै भन्दा धेरै उनको मन भाँचियो । प्राण भन्दा प्यारी आफ्ना जीवन संगीनी गुमाउँदा भाँचेको मन अझै जोडिएको छैन ।

भाँचिएको मन लिएर अघि बढ्दै गरेका एक पति, एक पिता, एक खेलाडी, एक साँस्कृतिक अभियन्ताको कथा हो यो । यो कथा लक्ष्मण रञ्जीतको हो ।

भूकम्प जानु केहि सेकेण्ड अघि मात्रै खिचिएको लक्ष्मण र नीलूको अन्तिम फोटो

भूकम्प जानु केहि सेकेण्ड अघि मात्रै खिचिएको लक्ष्मण र नीलूको अन्तिम फोटो

लाखे नाच नाच्ने क्रममा श्रीमती र छोराका साथमा

लाखे नाच नाच्ने क्रममा श्रीमती र छोराका साथमा

घरको एउटा फोटो फ्रेममा कैद लक्ष्मण र नीलूको प्रेम कहानी

घरको एउटा फोटो फ्रेममा कैद लक्ष्मण र नीलूको प्रेम कहानी

 

फोटो साभार: बिबेक राज श्रेष्ठ, विजय कर्माचार्य, अमृता महर्जन र लक्ष्मण रञ्जीत
संगीत साभार: Koronis – Weave, Relatvty – Until Then, Cold – Jorge Méndez, Alicks – Futile feat. Oneira