नगरपालिकाको काम गर्न न बजेट थियो, न मेयरको तलब नै : प्रथम मेयर जनक मान श्रेष्ठ (भाग दुई)

२००८ सालमा नगरपालिका ऐन नै बनिसकेको थियो । ऐन मुताबिक नै चुनाव अघि सारियो । नेपाल कम्युनिष्ट पार्टीका जनक मान श्रेष्ठले भने २००४ सालमा राणाकालमा गरे जस्तै एक मत भई अघि बढ्ने प्रस्ताव अघि सारे । प्रजा परिषद र नेपाली काँग्रेस मानेन । फैसला गर्न कोठे चुनाव पनि भयो । चुनावमा जनक मान श्रेष्ठले १८ वडाध्यक्षहरुको भोट मध्ये १२ भोट पाए भने उनका प्रतिद्वन्दी प्रजा परिषदका पुष्कर नाथ उप्रेतीले ६ भोट मात्रै पाए । समझदारी अनुसार उम्मेदवारी फिर्ता लिने कुरा थियो तर सम्झौता तोडियो र चुनाव भयो ।

कम्युनिष्ट पार्टीका उम्मेदवारलाई भोट हाल्न बी.पी.कोइराला, टंक प्रसाद आचार्यहरु चाहँदैनथे ।

प्रजातान्त्रिक नेपालको इतिहासमा पहिलो पल्ट भएको स्थानीय निर्वाचनमा विजय भई मेयर बनेका जनक मान श्रेष्ठले मेयरको कार्यकालमा देखेका, भोगेका घटनाहरुले बुनेको छ यो दोस्रो भाग ।

फाईल फोटो : जनक मान श्रेष्ठ उनको परिवारको साथमा ।

 

कथाको पहिलो भाग सुन्न  यो लिङ्क  थिच्नु होला ।

***
फोटो : जनक मान श्रेष्ठको फोटो एल्बमबाट

संगीत साभार: Balmorhea – Harm and Boon