सबै सँग कथा हुन्छन् । कम्तिमा पनि एउटा कथा, आफ्नै कथा । त्यसलाई कोही लेख्छन् र कथाकार बन्छन् । तर अधिकांशले आफ्नो कथा आफैसँग राख्छन् र इतिहासकार हुन्छन् । त्यही जिवित इतिहासलाई सबै सामु ल्याउने जमर्को हो ‘सुन मेरो कथा’ । इतिहास जित्नेले लेख्छन् यहाँ । तर सबै पढ्ने पढाइने इतिहास सत्य नै हुन्छन भन्ने पनि हैन । किनकी हार्नेका पनि इतिहास हुन्छन् । जुन त्यती नै सत्य हुन्छन् । भ्लादमिर लेनिनले भन्नु भए जस्तै, “अक्सर धेरै भनिएका झुठ पनि सत्य हुन्छन् यहाँ ।” बिडम्बना यही छ की लेखिएको, धेरै भनिएका इतिहासलाई मात्रै मन्यता दिइन्छ । हाम्रा पनि इतिहास छन् । हाम्रा पनि कथा छन् । समाजका । परिवारका । गाउँ-ठाउँका । प्रेमका । एकादेशका । सुनिएका-नसुनिएका । भनिएका-नभनिएका । अनगिन्ती रङ्गिबिरङ्गी कथा । यही कथाहरु सुनेर कोही कसैलाई हौसला मिल्छ भन्ने किन नसुनाउने आफ्नो कथा ?
सुन मेरो कथा ।
हाम्रो टिम
हाम्रो टिम
कथा सुन्न पनि साहस चाहिन्छ । यो कार्य एउटा दरिलो मन भएको टिम नभएको भए सम्भव हुने थिएन ।
बिकिल स्थापितसंस्थापक, सम्पादक
कुन्जन श्रेष्ठसंस्थापक
प्रीजल शिलाकारसिस्टम प्राविधिक
मनिष महर्जनग्राफिक सहयोगी
मल: मानन्धरवेब प्राविधिक
बिपिन तामाङ्गफोटोग्राफर
सुदन नकर्मीग्राफिक सहयोगी
बिकिल स्थापित
एलिना ताम्राकार
राजी मन्जरी
कथाकार
कथाकार
हामीलाई रुवाँउने, हँसाउने, अनि इतिहासको एउटा पन्नामा लुकेर बसेका याद सुनाएर जिन्दगी जिउन सिकाउने कथाकारहरु ।