यी राणाहरुका अगाडि चुनाव लडेर देखाउन हुन्न : प्रथम मेयर जनक मान श्रेष्ठ (भाग एक)

बि.सं. २००४ सालमा नगरपालिका विधान अन्तर्गत राणाहरुले चुनावको आव्हान गर्दछ । निरंकुश राणा शासनको मातहत इतिहासमै पहिलो पटक हुन लागेको चुनावमा नागरिक अधिकारको झिनो आशा सुनिश्चित गर्न विभिन्न दलहरु चुनावमा सहभागी बन्छन् । तर चुनाव लडेर हैन, एक मत भई आफू–आफू बीच नै छानेर । नगरपालिका प्रमुखको कुर्सिमा बसेका राणाजीको छोराको मुनि बसेर केहि काम गर्न नसकिएपछि सबैजनाले एक मतमा राजीनामा दिन्छन् । यसरी पहिलो नगर चुनाव अर्थविहिन बन्छ ।

२००७ सालको आन्दोलनले ल्याएको प्रजातन्त्रमा फेरि एकपटक नगरपालिका चुनाव ब्यूँतिन्छ ।

चुनाव प्रचारका क्रममा काँगे्रसी पक्षले हाम्रो गाडि रोक्यो, हामीलाई घेरा हाल्यो । डराएर कबिहरु सिद्धिचरण श्रेष्ठ र बाल कृष्ण सम गाडिबाट ओर्लिए तर म भने अभिनै रहें ।

२००८ सालमा गराइएको नगर चुनावमा सर्वाधिक मत ल्याई आफ्नो इलाकाबाट जितेका कमरेड जनक मान श्रेष्ठले मेयर बन्न गर्नु परेको अनेकन घटनाहरुले बुनेको छ यो कथा । यो कथा काठमाडौं नगरको पहिलो जननिर्वाचित मेयर जनक मान श्रेष्ठको हो ।

फाईल फोटो : जनक मान श्रेष्ठ उनको पत्नीको साथमा

***
फोटो : जनक मान श्रेष्ठको फोटो एल्बमबाट

संगीत साभार: Balmorhea – To the Order of Night, Balmorhea – Barefoot Pilgrims, Blure  Moshimoss – Reminiscences