ब्यारेकमा आफ्नो मर्ने पालो कुर्दै दिनचर्या बित्थ्यो : बिकास थारु
जनयुद्धको क्रममा राज्यको सुरक्षा संयन्त्रले कुनै पनि बेला कोहि पनि गिरफ्तार गरी कैद गर्न सक्थ्यो । बहाना संकटकाल थियो । बर्दिया जिल्लाबाट मात्रै २३९ जना बेपत्ता पारिएको सरकारी आंकडा छ । पुलिस, सेनाको हिरासतबाट जिउँदै फर्कन मुश्किल प्रायः हुन्थ्यो । तर यो कथा बिकास थारुको हो जसले कयौं दिनको यातनापछि सेनाको कहालि लाग्दो बन्दीगृहबाट निस्कन सफल भए ।
गाली गर्ने, हान्ने, हामी माथि पिसाब फेरिदिने, उठ्–बस् गर्न लगाउने, मुर्गा बन्न लगाउने, लट्ठीले घोच्ने जस्ता कार्यहरु गर्थे उनीहरु ।
दैनिक पाएको यातनाले गर्दा कैद बनाईएकाहरु चिन्न मुस्किल हुन्थे । शरिरका हड्डी देखिन थाल्थे । सबैलाई अब मरिन्छ की? भन्ने मनमा त्रास भईरहने हुन्थे । साँझ परपछि आर्मीले गाडीमा राखेर अरु बन्दीहरु लान्थे र उनीहरु फिर्ता आउँदैनन् थिए । यो कथा यिनै त्रासले भरिएको बन्दीगृहबाट सकुशल फर्केका बिकास थारुको हो ।