Leave a reply
दलित त अझै दलित नै छन : आरोह नेपाली

बाल्यकालका आरोहलाई जिन्दगीको अबरोहका बारे खासै ज्ञान थिएन । एउटा अबोध बालकले जब समाज जान्न थाल्छ, बुझ्न थाल्छ, पढ्न थाल्छ, र त्यो समाज निर्माणमा अघी बढ्छ , उ जस्तै अनेकौं आरोह जन्मन्छन ।
गाउँका हाम्रै समुदायका मान्छेहरुलाई सोध्थें, “हामिलाई किन यस्तो गर्छन ?”
उहाँहरुको कुरा सुन्थें, “यो हिन्दू वर्णाश्रमले गरेको विभेद हो भन्थे ।”
त्यती बेला मलाई यो हिन्दू वर्णाश्रम भन्ने कुरो पनि थाहा थिएन ।
तल्लो जातमा जन्मेको आरोहले यो समाजले निर्माण गरेको बन्धन तोड्न कसरी आफु लाई उभ्याउँछ, यसको जिवन्त गाथा हो यो ।
यो कथा आरोह नेपाली को हो ।