जिन्दगीमा ‘ड्रमर’ हुनु नै लेखिएको रहेछ : देव राना

फूलबुट्टे सर्ट, बेली बटन पाईन्ट, लामो कपाल, मखमली कोट, खुट्टामा ब्लकहिल जुत्ता अनि शीरमा प्वाँख जडिएको टोपी । यसरी नै सजिएर हिँड्थे देव राना सन् १९७० को दशकमा काठमाडौंको गल्लीहरुमा । उद्देश्य : रक एण्ड रोलर बन्ने ।
साथीहरु भेला हुँदा सँधै गीतार बजाउने देव रानालाई जिन्दगीमा ड्रमर बनिन्छ भन्ने कहिल्यै लागेको थिएन । एक दिन साथीहरुले ड्रम बजाउन भनेपछिबाट ड्रमसँगको सम्बन्ध अहिले ४० वर्ष नाघ्यो ।
सिटी हलमा आयोजना गरिएको एउटा कार्यक्रममा मलाई के मुड चलेर एउटा ‘ड्रम सोलो’ बजाएँ ।
मलाई याद छैन मैले कस्तो बजाएँ । तर मैले सहि नै बजाएको हुनुपर्छ । किनभने मैले त्यही कार्यक्रम पश्चात “देव राना : द ड्रमर” भन्ने परिचय पाएँ ।
देव राना ६५ वर्षको हुनु भयो । ड्रम बजाउन भने अझै पनि उहाँसँग २५ वर्षे तन्नेरीको जस्तो जोश छ । यो लामो संगीत यात्रामा धेरै उतारचढाव झेलेका छन्, अनुभवहरु साटेका छन् । यो कथा उनै लेजेण्डरी ड्रमर देव रानाको होे ।

सन् १९८६ मा भृकुटि मण्डपमा आयोजना गरिएको कार्यक्रममा

सन् १९९१ मा दिपेन्द्र सभा गृह, पोखरामा ड्रम बजाउँदै

सन् १९९८ मा हङकङ्को इन्टरनेशनल एरिनामा आयोजना गरिएको हिम साँझमा ड्रम बजाउँदै

सन् २०११ मा काठमाडौं बसन्तपुरको एउटा कार्यक्रममा
REPECT . Dai
*RESPECT