जनयुद्धमा कसले बलिदानी गर्ने भन्ने प्रतिस्पर्धा चल्थ्यो : खुमा सुवेदी

खेलकुदमा अब्बल खेलाडी थिए खुमा । भलिबल, दौडमा त उनी राष्ट्रिय स्तरका खेलाडी नै थिए । पढाईमा पनि उत्तिकै तेजिला खुमालाई विद्यालयका शिक्षकहरुले राजनैतिक रुपमा अघि सार्न हौसाएको उहाँको थम्याई छ ।

कम्युनिष्टहरुको गढ नै बनेको रोल्पामा हुर्केका खुमा सुवेदी, २०४६ सालको आन्दोलनपछि भने विभेदकारी समाज विरुद्ध सशक्त भएर लाग्नु भयो । २०५० साल तिर बुर्जुवा डिग्री बहिष्कार गर्दै शैक्षिक प्रमाण–पत्रहरु च्यातेर आन्दोलनमा होम्मिएका उनी सहभागी पार्टीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गर्यो । त्यो बेला उनी महिला मोर्चा सम्हाल्दै जाजरकोटका गाउँहरुमा खटिएका थिए ।

मेरो श्रीमानले उठाएको बन्दुक र विचार अहिले पनि मैले भुलेको छैन । र त्यहि विचार र बन्दुक बोक्न म तत्पर छु ।

जनयुद्धका क्रममा हजारौंले सहादत प्राप्त गरे । त्यस मध्ये एक उनका पति नन्द न्यौपाने पनि हुन । शहिद परिवार भएरै जनयुद्ध पश्चातका समयहरुमा पनि अनवरत आन्दोलनमा लागी परेका खुमा सुवेदीको कथा हो यो ।

२०४७ सालमा वीरेन्द्र रनिङ्ग सिल्डमा हाई जम्पमा प्रथम हुँदा । उहाँ त्यो बेला रोल्पाको गजुल हाई स्कुलमा १० कक्षामा अध्ययनरत हुनुहुन्थ्यो ।

२०४७ सालमा वीरेन्द्र रनिङ्ग सिल्डमा हाई जम्पमा प्रथम हुँदा । उहाँ त्यो बेला रोल्पाको गजुल हाई स्कुलमा १० कक्षामा अध्ययनरत हुनुहुन्थ्यो ।

***
फोटो : खुमा सुवेदीको फोटो एल्बमबाट 

संगीत साभार: Brock Hewitt – Growing Beyond Perception, Ólafur Arnalds – Out To Sea