प्रजातन्त्र त आयो तर मेरो छोरा निर्गुण कहिल्यै फर्केर आएन: मैंया स्थापित

जब निर्गुण जन्मिए, कसैलाई पनि यो बच्चा बाँच्ला भन्ने आशै थिएन । न डाक्टर न अरु परिवारजनलाई नै । १२ वर्षको उमेर सम्म पनि छोरा पटक-पटक मृत्युसँग जुध्दै थिए । र हरेक पटक आमा मैंया स्थापित सँगै थिए ।

नारायण दासका नाति, कृष्ण दास स्थापितका छोरा भनेर टोल भरी निर्गुणलाई चिन्थे । त्यो भन्दा बढी उसको सहयोगी स्वभावले गर्दा चिन्थे । आज भोली निर्गुणलाई बिर्सिसकेको छ समाजले । सम्झाउने एउटा चिन्ह उसैको अर्धकदको सालिक हुन सक्छ जुन यट्खा को चौबाटोमा ठड्याइएको छ । अर्को चिन्ह सोही चौबाटोबाट पश्चिम जाने बाटोका घर-घरमा लगाइएका घर नम्बर प्लेट हुन सक्छन । “शहिद निर्गुण मार्ग” भनेर सो बाटोको नामांकन गर्नु बाहेक राज्यले प्रजातन्त्र ल्याउन आफ्नो प्राण आहुती दिने निर्गुण स्थापितहरुलाई बिर्सिसकेका छन ।

यो कथा निर्गुण स्थापितको हो ।

साथै २०४७ मा प्रजातन्त्र पुन:स्थापना गर्न आन्दोलनमा होम्मिएका कयौं सपुतहरुको पनि ।

फोटो साभार : निर्गुण स्थापितको फोटो अल्बमबाट, मैंया स्थापित
संगीत साभार : प्लानेट एन्जेल (स्लोभो रान्डल), रेलक्स डेल्ली उ°०७४