सानैमा सेनाद्वारा सामूहिक बलत्कृत भएँ : पुष्पा श्रेष्ठ

दश वर्षे जनयुद्धका क्रममा सम्भावित माओवादी खोज्न राज्य पक्षको सुरक्षा निकाय गाउँ–गाउँ पस्ने गथ्र्यो । गाउँ घेरेर माओवादीमा लागेका, माओवादीलाई सघाएका वा सो भूमिगत पार्टीसँग कहिंकतैबाट नजिक भएकाहरुलाई प्रश्न गर्ने, समाउने र यातना दिने चलन यी दश वर्षमा कयौं चले । “गाउँमा सेना पस्यो” भनेपछि युवा वर्गमा पर्ने सबैजना यत्रतत्र लुक्न जानु पर्ने वाध्यता थियो ।

सानै उमेरकी पुष्पाको गाउँमा पनि एकदिन सेना पस्यो । सेनाबाट बच्न जंगल जान सबैले सुझाएका थिए । तर जंगल तिर भागे माओवादीको धरापमा पर्न सक्ने डरका कारण उनी घरतिरै जाँदै गर्दा बाटैमा सेनाले समात्यो । त्यो दिन पुष्पाको जीवनको कालो दिन बन्यो ।

यो कथा पुष्पा श्रेष्ठको । साथै जनयुद्धका क्रममा यौन हिंसामा परेका र अझै खुलेर बोल्न डराएर बसेका कयौं दिदीबहिनीहरुको पनि ।

***

फोटो : गीता रसाईली