लक्ष्मी प्रसाद देवकोटालाई टि.भी.मा देखाउँदा अहिले पनि हेरीरहन्छु : कमला लामिछाने

महाकबि लक्ष्मी प्रसाद देवकोटाका कबिता पढेर हुर्केकाहरु धेरै छन् । तर उनको कबिता उनले नै वाचन गर्न लगाएकाहरु भने एकदम कम नै होलान् । त्यो कालजयी साहित्यिक माहोल देख्न पाउने र महाकबिलाई नजिकबाट नियाल्न पाउने थोरै कबिता पारखीहरु मध्य एक हुनुहुन्छ कमला लामिछाने । यो कथा १९९४ सालमा जन्मिनु भएकी कमला लामिछानेको हो जोसँग आफ्नो बाल्यकालमा लक्ष्मी प्रसाद देवकोटासँग साटिएका सम्झनाहरु अझै ताजा छन् ।

देवकोटाले एउटा चुरोट निभाएपछि अर्को सल्काउँथे । किन खाईराख्या होला? भनेर कुरा गथ्र्यौं । उनको बानी नै त्यै रहेछ ।

कयौं शुभचिन्तकहरु जस्तै कमला लामिछानेलाई पनि लक्ष्मी प्रसाद देवकोटाले चुरोट नखाईदिएको भए उहाँ अलि धेरै बाँच्थे भन्ने लाग्दो रहेछ । ८० वर्षीया कमला लामिछानेको सम्झनामा बाँचिरहेको यो कथा लक्ष्मी प्रसाद देवकोटाको हो ।

कमला लामिछाने ।

***
कथा संकलक  : राजी मञ्जरी
फोटो  : फाईल फोटो, राजी मञ्जरी
संगीत साभार  : Movediz – Prayer, Balmorhea – Lament