रुपचन्द्र विष्ट जनमुखी राजनीतिज्ञ एवं दार्शनिक थिए – (भाग ३)

रुपचन्द्र विष्टले अघि सारेको राजनीति निर्दलीय पञ्चायत र बहुदलीय प्रजातन्त्र भन्दा पनि फरक र प्रगतिशील थियो । उनको राजनीति जनमुखी थियो । २०३८ सालमा घोषणा पत्रमा उल्लेख गरेरै सत्य र ठिकले बनेको थाहा दर्शन अनि ईमान, बिबेक र प्रेमले बनेको जनमुखी राजनीतिलाई जनताको घरघर पुर्याउने अभियानमा लागे । सबै अधिकार जनताको अधिनमा हुनुपर्ने उनको विचारलाई जनताले मन पराए तर पञ्चायती मण्डले र बहुदलीय पक्षधरहरुले भने उनको यो जनवादी विचारलाई बिथोल्न लागी परे ।

चार मानो माटोसँग तेरो नाता पर्यो भनेर
माटोको भाँडाले तँ सँग दोस्ती सोस्ती गर्यो भनेर
बसिस् कैद गमलामा सिङ्गै पृथ्वीलाई छोडेर
– रुपचन्द्र विष्ट

जनता जगाउन यी एकल सेनानीले चालेका पाइला प्रेरणादायक छन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ ।

यो कथा जननेता तथा दार्शनिक रुपचन्द्र विष्टको हो ।

 

Rupchandara-Bista-Sunamerokatha

***
फोटो साभार : रणसंग्राम विष्ट
संगीत साभार: Yoe Mase – Missing in Action, Ólafur Arnalds – TREE, Ólafur Arnalds – Out To Sea