रुपचन्द्र विष्टको हत्या गर्ने षड्यन्त्र रचिएको थियो – (भाग २)

सम्भवतः रुपचन्द्र विष्टले नगरेको श्रम केही बाँकी थिएन । श्रमको गाथा बुझेका रुदाने कुनै समय गाडी चालक थिए, त्यो भन्दा अगाडी खलासीको काम गर्थे । हलो जोत्दा राम्रो हलीको भूमिका निर्वाह गर्दथे भने कोदाली चलाउँदा राम्रो कोदाली चलाउन जान्थे । हरेक श्रमलाई उनी मन लगाएर अभ्यास गर्दथे ।

जनता शिक्षित बनाएरै मात्र परिवर्तन सम्भव देखेका रुदानेले पालुङ्ग, मकवानपुरका जनता शिक्षित बनाउन अथक प्रयास गरे । अनेकौं समस्याहरुसँग जुध्दै व्यवहारिक र वैज्ञानिक शिक्षा प्रणालीका लागि अग्रसर रुदानेलाई रोक्न गाउँका जालिफटाहा र तत्कालीन सरकार मिले र उनले सुरु गरेको शैक्षिक आन्दोलन बिथोलियो ।

“केटाकेटी पढाउने बाबुआमा जिन्दावाद ! नपढाउने मुर्दावाद !” – रुपचन्द्र विष्ट

अत्यन्तै उर्जाशील प्रगतिशील व्यक्तित्वका धनी रुदानेले शिक्षा क्षेत्रमा गरेका योग्दान प्रेरणादायक छन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ ।

यो कथा रुपचन्द्र विष्टको हो ।

रुपचन्द्र विष्टको दुर्लभ पारिवारिक फोटो ।

रुपचन्द्र विष्टको दुर्लभ पारिवारिक फोटो ।

***
फोटो साभार : रणसंग्राम विष्ट, मुक्ती संग्राम विष्ट
संगीत साभार: Yoe Mase – Missing in Action, Ólafur Arnalds – TREE, Ólafur Arnalds – Out To Sea