म जस्तै सेनाद्वारा बलत्कृत भएका कयौं छन् : सरस्वती थारु

जनयुद्धको क्रममा दाङ्ग निवासी सरस्वती थारुको गाउँ नजिकै बम पड्किएको थियो । बम पड्किए लगत्तै तत्कालीन शाही नेपाली सेनाको टुकुडी गाउँ पसेको थियो । गाउँमा कोलाहल मच्चियो । माओवादीको शंकामा मान्छेहरु पिटिए । निर्दोष मान्छेहरुको बीचमा सरस्वतीको श्रीमान् पनि पिटिए ।

निर्मम तरिकाले पिटाई खाएका आफ्नो श्रीमान् सेनाको हातबाट छुटाउन सरस्वतीले आफ्नो ईज्जत दिनु प¥यो ।

मेरो त सास मात्रै बाँकी थियो । बरु मर्न दिएको भए हुन्थ्यो । किन आफ्नो ईज्जत दिईस्? श्रीमान्ले भन्नु भयो ।

युद्धका क्रममा आर्मीद्वारा बलत्कृत भएकी महिला भनेर बेलाबखत सरस्वतीले गाली बेईज्जती सुन्ने गरेकी छिन् । उनले हिजो भोग्नु परेको शारिरीक यातना र आजका दिनसम्म थेग्न परिरहेको मानसिक यातना त छँदैछ । तर त्यो भन्दा पनि धेरै हुर्किंदै गईरहेको छोराले थाहा पाउलान् भन्ने विषयले उनलाई बढि पिरोल्न थालेको छ ।

 

***
फोटो : बिकिल स्थापित
कथा वाचन : गीता रसाईली