बिपिन भण्डारी र दिल बहादुर राई आज सम्म फर्केनन् : कबि गौतम

चावहिल सुकेधाराको डेराबाट सुतिरहेको कोठाबाट २०५९ साल असार ३ गते तीन बिद्यार्थी कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गर्छ । जनयुद्धका क्रममा तत्कालीन भुमिगत माओवादी पार्टीसँग सम्बद्ध बिद्यार्थी संघमा कार्यरत हुनु नै उनीहरुको कसुर थियो । संयोगले कबि गौतम छुट्छन् तर उनी सँगै समातिएका उनका अरु दुई हितैसी कमरेडहरु आजका दिनसम्म फर्किंदैनन् ।

व्यक्तिगत रुपमा भन्नुपर्दा जो साथीहरु हाम्रो सामु हुनुहुन्न, उहाँहरु जिवित हुनुहुन्छ भन्ने आश चैं छैन

जनयुद्धका क्रममा राज्यद्वारा गिरफ्तारी पछि मारिएका र बेपत्ता पारिएकाहरुका अरु सयौं कथाहरुसँग यो कथा मिल्छ । यो उनै साक्षीको कथा हो जसले बन्दि गृहको यातना भोगेर हाल नाफाको जिन्दगी बाँच्दै हुनुहुन्छ ।

यो कथा उनै संयोगले बाँचेका कबि गौतमको हो ।

 

 

……………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………..
फोटो साभार  : एड्भोकेसी नेट