बिद्यार्थी नेता भनेर मलाई समाएर यातना दिए सेनाले : खुशीराम चौधरी

गाउँभरी नै जनयुद्धको लहर चलेको थियो । गाउँका साथीहरु प्रायः सबै माओवादीमा लागेको माहोल थियो । दाङ्गका खुशीराम चौधरीले जनयुद्धका क्रममा माओवादीमा होम्मिएका साथीहरुलाई पटक–पटक घरमा राखेकै हो । खाना पनि खुवाएकै हो । तर एकदिन एउटा साथीले राज्यको सुरक्षा निकाय समक्ष आत्मसमर्पण गरेपछि सबैको नाम खुलाए । त्यसमा खुशीरामको नाम पनि जोडियो ।

सारा चोटै चोट थियो आङ्गैभरी । त्यति त गोरुले पनि पिटाई खान्न होला ।

माओवादीका बिद्यार्थी नेता खुशीराम भन्ने आशंकामा पक्राउ परेका खुशीराम चौधरीले राज्यको निकायबाट निर्मम यातना भोग्नु पर्यो ।

यो कथा जनयुद्धका क्रममा बिनाकारण सुरक्षा निकायबाट यातना भोगेका कयौं पीडितहरुको । यो कथा खुशीराम चौधरीको हो ।

***