तेजाबले पोलेको अनुहार लिएर रुँदै, अत्तालिँदै, दगुर्दै घर आएँ : सीमा बस्नेत

आमा बुबा कामको सिलसिलामा काठमाडौं आउने अनि आफ्ना छोराछोरी पढाईका लागि ल्याउनै पर्ने वाध्यता आम गाउँघरको कथा हो । यस्तै कथा थियो सीमा बस्नेतको परिवारको पनि । रौतहटको गाउँबाट २०६८ सालमा काठमाडौं पसेकी सीमालाई यो शहर मन पर्न थाल्यो । सरकारी विद्यालय नै भएपनि यहाँको विद्यालयमा पढाइने तरिका राम्रो लाग्न थाल्यो । विद्यालयका शिक्षकशिक्षिका मन पर्न थाले । यहाँको रहनसहन, सरसुविधा मन पर्न थाले । विस्तारै सीमाको मन यहिं रमाउन थाल्यो ।

२०७१ सालको एस.एल.सी. परिक्षाका लागि सीमा तयार थिइ । फलामे ढोकाको संज्ञा पाएको यस परिक्षाको सामना गर्न थप ट्यूशन कक्षाहरु पनि सुरु गरेकी थिइ । तर एक दिन सीमाको जीवनमा यस्तो अप्रिय घटना आइपर्यो जुन उनले सोचेको पनि थिइन ।

“यति बिहान बिहानै नचिनेको मान्छेले कसरी लोला हान्यो?” भन्ने मनमा लाग्यो । “पछि त पोल्दै पोल्दै आयो ।”

यो कथा निरन्तर अघि बढ्दै गरेको सानी नानी सीमा बस्नेतको हो । उनै सीमा जो काठमाडौंमा घटेको एसिड प्रहार प्रकरणका एक पीडित बने । उनै सीमा जो जीवनमा आइपरेका यस्ता अकल्पनीय घटनालाई पाखा लगाउँदै अघि बढदै छिन् ।

ओमबहाल स्थित आफ्नो कोठामा आमासँग हाँस्दै सीमा ।

ओमबहाल स्थित आफ्नो कोठामा आमासँग हाँस्दै सीमा ।

 

***
फोटो : बिकिल स्थापित 
संगीत साभार: Movediz – Silence, Yoe Mase – Missing in Action