केटी भएर जन्मिएँ, तर त्यो केटी म हैन : लक्ष्मी घलान

प्रेममा बाचा-बन्धन बाँधिन्छन । जीवनको अनन्तकाल सम्म सँगै रहने बाचा । समाजले अनुमोदन गरे केहि सहज मससुश गर्छ प्रेमले । अनुमोदन नगरे बियोगान्त बनिदिन्छ प्रेम । समाजले मात्रै हैन, आफ्नै घरपरिवारका सदस्यले छि-छी र दुर-दुर गर्ने प्रेम कथाका हिरो हुन लक्ष्मी घलान ।

“छोरी मान्छे भएर अर्काको छोरी छोरी लिएर हिँडेको छ । के हो तँ ?” भनेर बुबाले सोध्नु भो ।

“के देख्नु भो र बुबा अहिले सम्म । थाहा छैन हजुरलाई म कस्तो छु भनेर ?” लक्ष्मीले प्रतिप्रश्न गरिन ।

बुबाले भन्नु’भो, “थाहा थिएन, बल्ल थाहा भो । गाउँलेले तेरो त्यो छोरी हैन छोरा हो भन्थे ।”

बन्द समाजको घेराबाट उन्मुक्त संसारमा लम्केकी एक संघर्षशील चेलीको कथा हो यो ।

यो कथा लक्ष्मी घलानको हो ।

फोटो साभार: एलिसन ह्राइत 
संगीत साभार: बुमर्याङ, तेक इत इजि बत तेक इत  (स्लोभो एण्ड रेन्डल)