आँखा बन्द गरेर कुट्दा सहन गाह्रो हुँदो रहेछ : सबिता बाँनिया

म्याग्दी जिल्लाको कार्यक्रम गरेर फर्कने क्रममा सबिता र उनका साथीहरुलाई २०५८ माघ १२ गते शाही नेपाली सेनाले गिरफ्तार गर्यो । माओवादीमा लागेका उनीहरु माथि आस्थाका बन्दि सरह व्यवहार  गर्नु पथ्र्यो । तर सेनाको कब्जामा रहेका उनीहरुलाई कठोर यातना दिईयो । शारिरीक यातना भन्दा पनि धेरै मानसिक यातना दिएको झझल्को सबितालाई आईरहन्छ ।

“हामीलाई बलात्कार गर्न प्रयत्न गरियो भने सेनाको हतियार खोस्नु पर्छ है”

भनेर अर्का महिला बन्दिसँग योजना पनि बनाएको थिएँ

संयोगले सबिताले शाही सेनाको ब्यारेकमा पनि दुईथरीका मान्छे भेटे । एकथरीले उनीहरुलाई देखि सहँदैन थिए । अर्काथरीले भने साँच्चिकै माया गर्थे । यो कथा सबिता जस्ता हजारौं महिला बन्दिहरुको हो जसले बन्दि जीवनमा अनेकन शारिरीक मानसिक यातना भोगे ।

यो कथा कमरेड सबिताको हो ।

 

***
फाइल फोटो : बिकिल स्थापित