अझै न्याय कै खोजीमा छु : निशा न्यौपाने

निशा न्यौपानेको बुबा राज्यद्वारा बेपत्ता पारिएको थियो । उहाँ अझै बेपत्ता हुनुहुन्छ । जनयुद्धका क्रममा निशा आफै पनि सेनाको हिरासतबाट यातना भोगेर निस्कनु भएको व्यक्ति । देशैभर फिजिएको प्रहरी सेनाको हिरासतमा राखेका हजारौं अरु बन्दिहरु भन्दा उहाँ र उहाँ जस्तै महिलाहरुले पाउने यातना भने फरक र चरम हुने गर्दथ्यो । शारिरीकका साथसाथै महिला भएकैले पाउने मानसिक यातनाहरु चरम थिए ।

कुटेर सबै छालाहरु फुटिसकेको थियो । दोस्रो तेस्रो दिनपछि जति कुटे पनि थाहै हुन्थेन ।

निशालाई जम्मा ४५ दिन सेनाको हिरासतमा राख्यो । ती ४५ दिनमा सेनाबाट जिन्दगीमा कहिल्यै सुन्न नपरेको गाली र कहिल्यै भोग्न नपरेको यातना भोगेर जिवितै बाहिर निस्के ।

पुरुष सेनाहरुको फन्दामा परेका हजारौं महिला बन्दिहरुले भोगेका शारिरीक मानसिक यातनाले भरिएको कथा हो यो । यो कथा निशा न्यौपानेको हो ।