२०३१ सालमा राष्ट्रिय गानको सट्टा गाइन्थ्यो रुप चन्द्र विष्टले लेखेको ‘घोषणा’ शीर्षकको जनमुखी गानः अकल बहादुर केसी

रुप चन्द्र विष्ट एक कम्युनिष्ट क्रान्तिकारी थिए । ‘थाहा’ आन्दोलनका प्रवर्तक उनी जनमुखी अभियानका अभियन्ता पनि थिए । उनी गरिब, किसान, मजदुर, महिला बालबालिकाहरुका प्यारा नेता थिए । शत्रुले चिनेका तर मित्रहरुले नै नचिनेका एक जनमुखी योद्धाका रुपमा विष्टलाई चिनिन्छ । रुदाने, जसरु, रापसरु र स्वरुपे जस्ता फरक नामले उहाँलाई चिनिन्छ ।

रुप चन्द्र विष्टले लेख्नु भएको घोषणा शीर्षकको जनमुखी समूह गान राष्ट्रिय गानको विकल्पमा गाइन थालियो । पञ्चायतकालको चुलिँदो समयमा ‘श्रीमान् गम्भीर नेपाली’ जस्तो राजा प्रतिको भक्ति गानको सट्टा २०३१ साल वरपर मकवानपुरका १०० जति विद्यालयहरुमा यस गान परेडको तालमा गाइन्थ्यो ।

सो ताका रुप चन्द्रका सहकर्मीका रुपमा खट्ने अकल बहादुर केसी यो गानका बारेमा कथा सुनाउँदै हुनुहुन्छ । यो कथा सोहि जनमुखी समूह गान – घोषणाका बारे हो । यो कथा थाहा आन्दोलनका बारे हो ।

थाहा नगरपालिकामा पहिलो चोटी अकल बहादुर केसी लाई भेट्दा ।

थाहा नगरपालिकामा पहिलो चोटी अकल बहादुर केसी लाई भेट्दा ।

घोषणा
(जनमुखी समूह – गान)

इमान्दार अग्रसर सर्जमिन
समझदार नीतिवान न्यायधीश
हुने “थाहा” बढिरहोस् ……..

मानिस न्यायी प्राणी भन्ने
सावित गर्छौं काममा
शिक्षा ज्योती झलमल पार्दै
अन्धकारको राजमा ………

यिनै डाँडा खोँच काप्चा
सारा दयनीय ठाउँमा
झुत्रे झाम्रे लुरे त्यान्द्रे
भोकाहरुका गाउँमा

जोड्छौं सारा जीवन साधन
इन्साफ कलेज अस्पताल
उत्पादनका साधन साथै
पाछौं हामी माला माल ……..

रुक्नु छैन झुक्नु छैन
बढ्छौं विकास बाटोमा
गर्दै बुझ्दै फुल्दै जान्छौं
यहि नेपाल माटोमा ……..

मिल्छौं सारा मानिस नारा
दिन्छौं हामी एक हौं
मास्छौं सारा मानव दुष्मन
फेरि भन्छौं एक हौं
एक हौं, एक हौं, एक हौं ……..

***

फोटो: बिकिल स्थापित 
संगीत साभार: मोग्वाई, किड्स विल बी स्केलेटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *