हिरासतमै यौन हिंसा प्रयासको प्रतिवाद गरें : कमरेड रुकू चौलागाईं

विचार र आस्थाको आधारमा आन्दोलनमा होम्मिएकी रुकू चौलागाईंलाई गिरफ्तार पश्चात हिरासत भित्र गलाउन हर प्रयास गरिए । सेना पुलिसले चालेका हरेक प्रसाय विफल बनाउँदै रुकूले आत्मसमर्पणको बाटो रोजिनन् । यति सम्म की उनी माथि हिरासत भित्रै यौन हिंसाको प्रसाय गरियो ।

पुरुष र महिलालाई दिइने यातना सबै त्यस्तै छन् । दुवैलाई उसैगरी पिट्छन् ।

तर महिलालाई दिइने यातनामा भने आफ्नो अश्मिता लुटिन्छ की भन्ने मानसिक चिन्ता बढि हुने रहेछ ।

युद्धका क्रममा बन्दि बनाइएका महिलालाई जिस्क्याउन खोज्ने, नराम्रो शब्द बोल्ने देखि लिएर यौन हिंसाको प्रयत्न धेरै हुने गर्दथे । तर रुकूले भने सदैव प्रतिकार गरे । यो कथा रुकू जस्तै हजारौं महिला बन्दिहरुको हो जसले युद्धको क्रममा राज्यद्वारा सञ्चालित बन्दि गृहहरुमा यौन हिंसाका प्रयासहरु झेल्न विवश भए ।

 

***
फाइल फोटो : बिकिल स्थापित