हरेक दिन हाम्रो घर पुलिस सेना आउँथे : कमरेड कबिता

जनयुद्धको क्रममा सेना पुलिस गाउँमा छिर्दा गाउँमा भागाभाग मच्चिन्थ्यो । तर कबिताको परिवार भने निर्दोष भएकोले घरमै बस्थे । तर हरेक दिन सेना पुलिस घरमा पस्दा परिवारका सबै सदस्यहरुलाई मरनासन्न हुनेगरी पिट्थे । सेनाले लगेको कबिताको दाई आजसम्म पनि बेपत्ता छन् । यो सँधैको पीडाबाट बच्न कबिताले अन्तत माओवादीमा भर्ती भए ।

माओवादीमा होउञ्जेल म घर सम्झेर सँधै रुन्थें ।
सेना पुलिसले मार्लान् भन्ने डर नभएको भए म आउँथिन ।

यो कथा जनयुद्धका क्रममा ‘माओवादी तह लगाउने’ नाममा राज्यले मच्चाएको आतंकबाट बच्न अधिकांश गाउँघरबाट भागेर माओवादीको सेनामा भर्ती हुन विवश युवाहरुको हो । यो कथा कमरेड कबिताको हो ।

 

 

***
फाइल फोटो : बिकिल स्थापित