हतियारधारी पुलिस जनताको अफिस भित्र किन? : प्रथम मेयर जनक मान श्रेष्ठ (अन्तिम भाग)

जनताले निर्वाचित गरेर पठाएको मेयरलाई काम गर्न नदिने प्रपञ्च मात्रै हैन कुर्सीबाटै हटाउने योजना बुनियो । मुख्य योजनाकार तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको योजनामै मन्त्रीमण्डलको वैठकले जननिर्वाचित प्रथम मेयर जनक मान श्रेष्ठलाई पद मुक्त गर्ने र कार्यालय छिर्न नदिने जस्तो निरंकुश निर्णय लियो ।

के गर्नु मेरो त पुलिस छैन, सेना छैन । म त जनताले चुनेर पठाएको, मातृका बाबु जस्तो म भरौटे हैन ।

राणा शासन अन्त्य भएको भनिएता पनि नेपालको प्रजातान्त्रिक मूल्य मान्यता राणाकालीन निरंकुश शैलीमै अडिएको थियो । सोहि कठिन अवस्थामा पनि प्रजातान्त्रिक मुल्य मान्यताका लागि अनवरत लडेका योद्धा कमरेड जनक मान श्रेष्ठको कथाको अन्तिम भाग हो यो ।

जनक मान श्रेष्ठको वैठक कोठामा राखिएको हालसालैको एक तस्वीर ।

कथाको पहिलो भाग सुन्न यो लिङ्क, दोस्रो भाग सुन्न यो लिङ्क र तेस्रो भाग सुन्न यो लिङ्क थिच्नु होला ।

***
फोटो : जनक मान श्रेष्ठको फोटो एल्बमबाट

संगीत साभार: Balmorhea – Harm and Boon