रगतले भिजेको पेटिकोट मात्र बाँकी थियो : सिता थारु

१० वर्षे जनयुद्धका क्रममा थारु बस्तीमा अनेक घटनाहरु घट्ने गरेको सिताले सुनेकी थिईन् । तर उनको घरमा एक्कासी शाही नेपाली सेनाको फौज आउलान् र उनीहरुले बिना कारण दुःख भोग्नु पर्ला भन्ने सोचेको पनि थिइन । सिताको श्रीमान्को खोजीमा आएका शाही सेनाले उहाँलाई नभेटिएपछि घरका सबैलाई पिटेका थिए । जेष्ठ उमेरका सासु–ससुरा देखि लिएर सुत्केरी अवस्थाका सिता र उनको काखमा रहेको ६ महिने दुधे बालकले पनि सेनाको ज्यादती भोग्नु परेको थियो ।

सासु–ससुराले जोखिम मोलेर मलाई उपचार नगराएको भए म बाँच्ने थिईन ।

नेपालमा द्वन्द समाप्त भएको पनि १३ वर्ष नाघिसक्यो । तर पनि सिता र उनका परिवारजनको स्वास्थ्य अवस्था सेनाको पटक–पटकको पिटाईबाट जिर्ण छन् । राम्ररी उपचार गराउन लागत छैन । न्याय प्राप्त गर्न आयोगमा उजुरी पनि दर्ता गरेकी छिन् तर सुनुवाई शून्य छ । पिटाईले थल्लिएको अस्वस्थ शरिर लिएर आजभोलिको दिनचर्या बित्छ सिता र उनको परिवारको ।

 

 

***
फोटो : बिकिल स्थापित
कथा वाचन : गीता रसाईली