म बाहिर आएँ तर ब्यारेक भित्र देखेका साथीहरु कोहि फर्केनन् : रामजनम थारु

जनयुद्ध सकिएको पनि १२ वर्ष नाघि सक्यो । तर कैलालीका रामजनम थारुलाई आजको दिनसम्म पनि दिउँसो गाउँ डुल्दा पुलिस देखेभने राति सपनामा पुलिसले तर्साउने गरेको छ । जनयुद्धका क्रममा माओवादीलाई सघाएको आरोपमा गाउँबाट उनीसहित पाँच जनालाई सेनाको ब्यारेक लगेर निर्मम यातना दिइएको थियो ।

चामलको भात थियो कि धानको । मेरो आँखामा पट्टि बाँधिएको थियो ।
हातले छाम्दा पुरा धान मात्रै थियो । मैले खाइँन ।
बदलामा मैले सेनाको पिटाई खाएँ ।

रामजनम थारुलाई बिना कुनै कसुर २४ दिन सेनाले कब्जामा राख्यो । त्यसपछि उनी छुटे । ब्यारेकमा सँगै यातना भोगेका रामजनमका अरु साथीहरु भने ब्यारेकबाट कहिल्यै फर्केर आएनन् ।

यो कथा युद्धका क्रममा बिना कुनै कारण राज्यबाट यातना भोग्नु परेका रामजनम जस्ता कयौं बेकसुर गाउँलेहरुको हो ।

 

***
फोटो : बिकिल स्थापित