मलाई यसरी यातना दिनु भन्दा मार्दिनु बरु : गोविन्द यादव

एकाबिहानै गोविन्दको गाउँमा ४०–५० जना सेनाले घेरा हालिसकेको थियो । घरघरबाट माओवादीको आरोपमा समाउँदै ल्याउँदै गाउँको चोकमा जम्मा गर्दै थियो । गाउँमा रुवाबासी चलेको थियो । मर्नासन्न हुनेगरी पिटेपछि बिहान १० बजेतिर गोविन्द सहित तीन जनालाई सेनाले आफ्नो ब्यारेक लगे । बाटोभरी पिट्दै ।

मलाई यसरी यातना दिनुभन्दा गोली हान्नुस् भनेको थिएँ ।
झन् पिटे ।

“बन्दी बनेकाहरुले हो भने पनि पिटाई खानुपुथ्र्यो, हैन भने पनि पिटाई खानुपथ्र्यो ।” गोविन्दलाई अझै सम्झना छ । यी घटनाहरु गोविन्द र गाउँमा अनाहकमा सेनापुलिसबाट यातना भोग्नु परेका वृद्धसम्मलाई याद छ ।

यो कथा युद्धका क्रममा बिना कुनै कारण राज्यबाट यातना भोग्नु परेका गोविन्द जस्ता कयौं बेकसुर गाउँलेहरुको हो ।

 

***
फोटो : बिकिल स्थापित