सेनाले म नभेटिएपछि मेरी छोरी मैना सुनुवारलाई बन्धक बनाए : देवी सुनुवार (भाग २)

२०६० साल फागुन १ गते मध्यरातमा गाउँ छिरेको शाही नेपाली सेनाले देवी सुनुवारकी भदई रिना रसाईलीको निर्ममतापूर्वक हत्या गर्यो । घटनाको सर्वत्र खुलासा गर्न र सूचना फैलाउन निडर भएर अघि बढ्दै गरेका देवीलाई रोक्न सेना उनको घर गए । घरमा देवी नभेटिएपछि छोरी मैना सुनुवारलाई कब्जामा लियो ।

मेरो श्रीमानलाई, “तेरो श्रीमतीलाई लिएर पाँचखाल ब्यारेक आइज । अनि तेरो छोरीलाई हामी छोडिदिउँला । अहिले चाहिं तेरो छोरी लिएर हामी जान्छौं”, भनेर सेनाले मैनालाई लगे ।

छोरी मैना सुनुवारलाई खोज्न सबै तिर धाईन् । सबैलाई हारगुहार गरिन् । “सेनाका हातमा पुगेको महिला : तिम्रो छोरीलाई रेप गरेर मारिसके सेनाले । तिम्रो छोरी जिवित छैन अब । तिमीले छोरी खोजेर नहिँड, दुःख नगर ।”, जिल्लाको सिडिओ जस्तो मान्छेले नै यस्तो भनेपछि देवी सुनुवारलाई गाउँमा बसिसक्नु भएन । मैनाको खोजीका लागि बाँकी संघर्ष थाल्न र भएका दुई छोरा र श्रीमानको सुरक्षाका लागि भएपनि गाउँ छोड्न देवी बाध्य भईन् ।

यो कथा मैनाको खोजीमा निस्केकी आमा देवी सुनुवारको हो ।

Devi Sunuwar Suna mero katha

देवी सुनुवारको फाइल फोटो ।

***
फोटो : Jan Møller Hansen

संगीत साभार: Ólafur Arnalds – Fyrsta, Relatvty – Until Then