भैरवनाथ गण भित्र भेटेका साथीहरु बाहिर देखिनँ : उज्जवल आचार्य

१० वर्षे जनयुद्धका क्रममा हजारौंको संख्यामा मानिसहरु प्रहरी–सेनाको गिरफ्तारीमा पर्थे । केहि माओवादी भएकाले र कयौं माओवादी हुन सक्ने शंकाको आधारमा समातिने घटनाहरु देशैभर व्याप्त थियो । आधिकारीक तथ्यांङ्क अनुसार आज सम्म पनि १५०० भन्दा बढि मानिसहरु बेपत्ता छन् । गिरफ्तार भएका हजारौंले राज्यको सुरक्षा निकायबाट हुने यातना भोेगेका छन् । तर भैरवनाथ गणबाट उम्कन सफल थोरै मध्यको कथा हो यो ।

मानव जाति कै सबै भन्दा नराम्रो ठाउँ हो यो भनेर लेखेपछि मलाई ३ दिन थप हिरासतमा राखियो

यो कथा उज्जवल आचार्यको हो जो जनयुद्धका क्रममा “मानव वधशाला”का रुपमा कुख्यात भैरवनाथ गणबाट बाँचेर निस्कन सफल भए ।