“नेपाल संबत” सम्पूर्ण नेपालीहरुकै संबत हो : शरद कसाः

नेपाल शब्दका बारे हालसम्म पाइएको पुरातात्विक महत्वका अभिलेखहरुमा “स्वस्ती नेपाल भ्य्” अर्थात “नेपालीहरुको जय होस् वा कल्याण होस्” भन्ने लेखिएको पाइएको छ । यसैको आधारमा “नेपाल” आफैमा जातिवाचक नाम भएको इतिहासकारहरुको ठहर छ । अर्को तर्कले उपत्यकाको वरपरको डाँडामा बस्ने ङपार जातिको नामबाट विस्तारै नेपार, नेवाल, नेवार, नेवाः भएको भन्ने बुझाई पनि छ ।

यसैगरी नेपाल संबत् र शंखधर साख्वाको बारेमा पनि थुप्रै रोचक किंबदन्तीहरु सुन्नमा आउँछन् । यस्तै रोचक ऐतिहासिक किस्साहरु सुनाउँदै हुनुहुन्छ नेपाल भाषा अभियन्ता शरद कसाः  ।

यो कथा शंखधर साख्वाःको । यो कथा नेपाल संबतको  । यो कथा सम्पूर्ण नेपालीहरुको ।

शरद कसाः आशा सफु कुथि पुस्तकालयका प्रमुख हुनुहुन्छ । उहाँ नेपालभाषा केन्द्रिय विभागमा प्राध्यापन गर्दै आईरहनु भएको छ । 

(फाईल फोटो : नेवाः स्वायत्त राज्यको माग सहित आयोजना गरिएको जुलुसमा सहभागी हुनुहुँदै शरद कसाः ।)

***
संगीत साभार : मनिष गन्दर्भ, रामकृष्ण दुवाल, Nepal-Norway Orchestra Project 2015 Newari Music – Mwe Dyahlhaygu 1952 

फोटो साभार : शरद कसाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 4 = 12