निर्दोष मेरी छोरी मैनालाई नेपाली सेनाले मार्यो : देवी सुनुवार (अन्तिम भाग)

“तिम्रो छोरीलाई रेप गरेर मारिसके सेनाले । तिम्रो छोरी जिवित छैन अब । तिमीले छोरी खोजेर नहिँड, दुःख नगर ।”, जिल्लाको सिडिओ जस्तो मान्छेले नै यस्तो भनेपछि देवी सुनुवारलाई गाउँमा बसिसक्नु भएन । सेनाबाट झन धेरै खतरा महशुस गरिन थालियो । तर छोरीको लाश अथवा शास खोज्ने नै देवी सुनुवारले अन्तिम उद्देश्य बनायो ।

सेनाका प्रमुख प्यार जङ्ग थापालाई हात मिलाएर मेरो परिचय दिएँ । मैना सुनुवारको आमा भन्ने थाहा भएपछि मेरो हात चट्ट छोडिदियो ।

यो उनै मैनाको खोजीमा निस्केकी आमा देवी सुनुवारको कथाको अन्तिम भाग हो ।

कथाको पहिलो भाग सुन्न यो लिङ्क,  र दोस्रो भाग सुन्न यो लिङ्क थिच्नु होला ।

***
फोटो : advocacyforum

संगीत साभार: Ólafur Arnalds – Fyrsta, Relatvty – Until Then