छोरी मैनालाई सेनाले लैजानु अघि मेरी भदइ रिना रसाईलीको हत्या गरेको थियो : देवी सुनुवार (भाग १)

Devi Sunuwar Suna mero katha

२०६० साल फाल्गुन १ गते काभ्रेको पोखरीचौरीमा आँखा शिविर चलेको थियो । आमाको आँखा उपचार गर्न देवी सुनुवार पनि गाउँ पुगेकी थिइन् । संयोगवस सोहि दिन राज्य विरुद्ध भूमिगत युद्ध थालेको माओवादीले भव्यताका साथ गाउँमा जनयुद्ध दिवस पनि मनाएको थियो । दिन कट्यो । तर मध्यरातमा भएको घटनाले भने देवी सुनुवारको परिवारमा नमेटिने घाउ छोडेर गयो ।

नेपाल सेना भनेको राज्यको अंग हो । नेपाल सेनाले मान्छे मार्दैन भन्ने नै सोचेको थिएँ । तर सुराकीको सहायतामा गाउँ पसेको सेनाले सोहि रात रिना रसाईली, सुभद्रा चौलागाईं र टसी लामाको हत्या गर्यो ।

मध्यरातमा आएको शाही नेपाली सेनाको टोलीले देवीकी भदइ रिना रसाईलीको बलात्कार र हत्या गर्यो । गाउँलेहरु त चुपो लागेर बस्ने मनस्थितिमा थिए । तर देवीले यो घटनाको खुलेर सामना गरे र सार्वजनिक गरे । सर्वत्र सूचना फैलाउन निडर भएर अघि बढ्दै गरेका देवीलाई रोक्न सेनाले देवीकी छोरीलाई समेत बन्धक बनाए । बन्धक बनाइएकी मैना सुनुवारलाई त्यसपछि उनकी आमाले कहिल्यै देख्न पाएनन् ।

मैना सुनुवारको फाईल फोटो ।

***
फोटो : Jan Møller Hansen

संगीत साभार: Ólafur Arnalds – Fyrsta, Relatvty – Until Then