कम्युनिष्ट भएकै कारण जननिर्वाचित प्रथम मेयरलाई कुर्सीबाट हटायो : जनक मान श्रेष्ठ (भाग तीन)

नगरपालिकासँग छुट्टै बजेट थिएन । भएको पाँच लाख रुपैंया पनि प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले जफत गरेका थिए । जनताले पहिलो चोटि निर्वाचित गराएर पठाएका जनप्रतिनिधिहरुलाई काम गर्ने वातावरण नदिई बदनाम गरियो । राणा शासनको मातहत भएको २००४ सालको निर्वाचनमा जस्तै यी नगर प्रतिनिधिहरु पनि राजीनामा गरेर जाओस् भन्ने आकांक्षा थियो सरकारको । तर जनक मान श्रेष्ठले हार मान्नु भएन ।

नेपालको पहिलो चुनावमै कम्युनिष्टले जितेको । विश्वभर हल्ला भएछ । नाम ठूलो चलेछ । हलचल मच्चेछ । शत्रू लाग्ने स्वभाविक भयो ।

नेपालको इतिहासमै पहिलो पटक बनेका मेयर कम्युनिष्ट पार्टी सदस्य भएका कारण सरकारले सहयोग नगरेको कुरा खुलस्त थियो । जननिर्वाचित मेयरलाई अन्ततगत्व मन्त्रीमण्डलको सिफारिसमा मेयरको दर्जाबाट काम गर्न रोक लगाइयो र कार्यालय छिर्नबाट बञ्चित गरियो । यो कथा उनै किसान नेता, वामपन्थी नेता, कम्युनिष्ट नेता जनक मान श्रेष्ठको हो ।

जनक मान श्रेष्ठ ससुराली परिवार सदस्यसँगको फाईल फोटो ।

कथाको पहिलो भाग सुन्न यो लिङ्क र दोस्रो भाग सुन्न यो लिङ्क थिच्नु होला ।

***
फोटो : जनक मान श्रेष्ठको फोटो एल्बमबाट

संगीत साभार: Balmorhea – Harm and Boon