एक चोटी मरेर सयौं चोटी बाँच्ने सपना बुनेका मेरा दाइ आज जिउँदै छन कि राज्यले मारिसक्यो ?: बिजय शाही

१० वर्षे जनयुद्धका एक होनहार योद्धा थिए – अजय शाही । तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेर भैरवनाथ गणमा लगेपछी कहिल्यै फिर्ता आएनन । फिर्ता आउने माओवादीका केहि दर्जन नेता कार्यकर्ताहरु नभएको हैन तर फिर्ता नआउनेमा अजय शाही लगायत हजारौं अरु पनि छन । किन आएनन ? किन खोजिएनन ? अझै फर्किन्छन कि फर्किंदैनन भन्ने आशा र निराशासँग जुध्दै जिउँदै गरेको परिवारको कथा हो यो ।

“मान्छे त मरिरहेकै छ । हाम्रो हजुरबा देखी लिएर सबै मरिसक्यो । एक वर्ष भोज गर्‍यो, सकियो । के भो त ? एक चोटी मर्ने सयौं चोटी बाँच्ने । त्यो भनेको माओवादी पार्टीमा हुन्छ । देशको लागी लड्ने मान्छे हुन्छ ।” दाजुले भनेको यो वचन बिजय शाही अझै सम्झन्छन ।

यो कथा बिजय शाहीको हो । साथै आफ्ना सदस्य गुमाएका हजारौं परिवारजनको पनि ।

फोटो साभार: बिजय शाही /शाही परिवार, किर्तिपुर
संगीत साभार: लाईफ इन अ डे, प्लानेट एन्जल (स्लोभो एण्ड रेन्डल)