आफन्त हराएको पीडा कहिल्यै भुल्न सक्ने अवस्था आएन : बिमला घिमिरे

गोरखा जिल्लामा कानूनी फर्म खोलेर वकालत गर्दै आउनुभएका अधिवक्ता राजेन्द्र ढकाललाई नचिन्ने बिरलै कोहि होला । आर्थिक अवस्था न्यून भएकाहरु, राजनीतिक नेता तथा कार्यकर्ताहरु र अन्यायमा परेकाहरुको न्याय प्राप्तिका लागि उहाँले कानूनी परामर्श दिनुहुन्थ्यो । सबैको प्यारो बनेको उहाँ गोरखा जिल्लाको बार एशोशियसनको अध्यक्षमा निर्वाचित हुनु भयो । अध्यक्ष भएर काम गर्दै गरेको अवस्थामा २०५५ सालमा उहाँ राज्यको सुरक्षा निकायबाट गिरफ्तारीमा पर्नु भयो र बेपत्ता बनाईयो ।

परिवर्तनको लागि लामबद्ध भएर अघि बढेको राजेन्द्र आज कहाँ छ ?

पुष २४ गते राजेन्द्रको परिवारको लागि कहिल्यै नबिर्सिने दिन बन्यो । उहाँ फर्कनु हुन्छ भनेर आशैआशमा बसेको पनि यो सालबाट २० वर्ष नाघि सक्यो । राज्यपक्षको तर्फबाट जवाफदेहिता शून्य छ । तर उहाँको खोजीकार्यमा हर दिन उहाँको पत्नी बिमला घिमिरे अनवरत लागीपर्नु भएको छ ।

यो कथा बिमला घिमिरेको । साथै जनयुद्धका क्रममा बेपत्ता पारिएका हजारौं अरु परिवारजनको पनि ।

 

***
कभर फोटो : २०५३ सालमा स्थानीय गाउँलेहरुसँग गोरखाको हर्मेमा पिकनिक जाँदा खिचिएको फाईल फोटो ।
फोटो साभार : मञ्जिमा ढकाल
संगीत साभार : Loneliness, only piano