लडाईं लडेर कारागारको गेटबाटै दाइलाई छुट्टाएँः ईश्वर तिमिल्सिना

sunamerokatha

अछामका ईश्वर तिमिल्सिना सानै थिए जुनबेला पश्चिम नेपालमा जनयुद्धको लहर उठ्न थाल्यो । सुन्न मात्र पाउने देख्न नपाउने माओवादीहरुका कुरा जताततै फैलिएको थियो । त्यसै समय उनका दाजु राम प्रसाद तिमिल्सिना हिरासतमा पर्छन् अनि घर भित्रै माओवादी भएको कुरा तब मात्रै बुझ्छन् ।

“मेरा दाजु माओवादी, कम्युनिष्ट र देशभक्त भएको कुरा उहाँलाई पक्राउ गरेपछि मात्रै थाहा पाएँ ।”

पक्राउ पछि विद्यालयमै पनि ईश्वर माथि दुव्र्यवहार सुरु भयो । माओवादीको भाइ, माओवादीको परिवार भनेर हेर्ने दृष्टिकोण फरक फरक लाग्न थालेको महशुस भयो । दाजुको पक्राउ नै ईश्वरको लागि प्रेरणा बन्यो । त्यसपछि उनी ईश्वर तिमिल्सिनाबाट कमरेड रबिन बने ।

१० वर्षे जनयुद्धका क्रममा घटेका कयौं अन्तरंग कथाहरु भेटिन्छन् । यो कथा भने अछामका तिमिल्सिना दाजुभाइको हो जसले देश र जनताका लागि जनयुद्धका फरक फरक मोर्चा सम्हाले । यो कथा दाजुभाइको प्रेम, बिछोड र भेट्ने अभिलाषाले भरिको छ । यो कथा ईश्वर तिमिल्सिनाको हो । र उनका दाजु राम प्रसाद तिमिल्सिनाको पनि ।

sunamerokatha

पूर्व जनमुक्ति सेना ईश्वर हाल आफ्नो परिवारसँग लम्की, कैलालीमा होटल व्यवसाय गर्दैछन् ।

***
फोटो : बिकिल स्थापित 
संगीत साभार: Goldmund – Sometimes, Mr Crux – Our Night Sky, Danlsan – And I Felt As Though You Never Left