मानव वधशालाबाट जिउँदै फर्केंः दिपक पण्डित

सानै उमेरमा हजारौं अरु युवाहरु जस्तै दिपक पण्डित पनि माओवादी आन्दोलनमा होम्मिन्छन् । आन्दोलन चुल्लिँदै गर्दा उनी तत्कालीन शाही नेपाली सेनाको फन्दामा पर्छन् । तत्कालीन ने.क.पा. माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्धका समय मानव वधशालाका रुपमा चिनिएको भैरवनाथ गणबाट जिउँदै निस्कन असम्भव प्रायः नै हुन्थ्यो । तर सिन्धुपाल्चोकका दिपक पण्डित भने अपवाद भएर निस्के ।

‘हाम्रो सत्ता भित्र पुरै हरियो, तिमीहरुको पुरै रातो, बुझिस् माओवादीहरु हो’ भनेर खाना खाइरहेका बेला टाउकामा बुँट बजार्थे ।

यो छोटो बयानमा दिपक माओवादी भएको दिन देखि भैरवनाथ गणमा बिताउनु परेका पीडादायी क्षणसम्मको गाथा छ । अनि गणबाट उन्मुक्त भएर क्रान्ति र पार्टीमा अनवरत रुपमा लागीरहने प्रतिबद्धताका कुरा सम्म पनि ।

यो कथा एक अविचलित माओवादी आन्दोलनमा लागेका युवा क्रान्तिकारीको हो । यो कथा दिपक पण्डितको हो ।

***
फोटो
बिकिल स्थापित 
पृष्ठभूमि संगीत साभार: Ólafur Arnalds – Fyrsta