जिन्दगीमा ‘ड्रमर’ हुनु नै लेखिएको रहेछ : देव राना
फूलबुट्टे सर्ट, बेली बटन पाईन्ट, लामो कपाल, मखमली कोट, खुट्टामा ब्लकहिल जुत्ता अनि शीरमा प्वाँख जडिएको टोपी । यसरी नै सजिएर हिँड्थे देव राना सन् १९७० को दशकमा काठमाडौंको गल्लीहरुमा । उद्देश्य : रक एण्ड रोलर बन्ने ।
साथीहरु भेला हुँदा सँधै गीतार बजाउने देव रानालाई जिन्दगीमा ड्रमर बनिन्छ भन्ने कहिल्यै लागेको थिएन । एक दिन साथीहरुले ड्रम बजाउन भनेपछिबाट ड्रमसँगको सम्बन्ध अहिले ४० वर्ष नाघ्यो ।
सिटी हलमा आयोजना गरिएको एउटा कार्यक्रममा मलाई के मुड चलेर एउटा ‘ड्रम सोलो’ बजाएँ ।
मलाई याद छैन मैले कस्तो बजाएँ । तर मैले सहि नै बजाएको हुनुपर्छ । किनभने मैले त्यही कार्यक्रम पश्चात “देव राना : द ड्रमर” भन्ने परिचय पाएँ ।
देव राना ६५ वर्षको हुनु भयो । ड्रम बजाउन भने अझै पनि उहाँसँग २५ वर्षे तन्नेरीको जस्तो जोश छ । यो लामो संगीत यात्रामा धेरै उतारचढाव झेलेका छन्, अनुभवहरु साटेका छन् । यो कथा उनै लेजेण्डरी ड्रमर देव रानाको होे ।
REPECT . Dai
*RESPECT