कम्युनिष्ट आन्दोलनमा लाग्ने प्रेरणा र शिक्षा मलाई पुष्पलाल श्रेष्ठले दिनु भयो : प्रथम मेयर जनक मान श्रेष्ठ

काठमाडौंको शोभा भगवती मन्दिर परिसरमा राखेर गंगालाल र दशरथ चन्दलाई गोली हानेको देखेपछि बाल्य अवस्थाका जनक मान श्रेष्ठमा राणाहरु प्रति घृणा पैदा भयो । राजनीतिक अवस्था प्रजातन्त्र उन्मुख भईरहेको उक्त कालखण्डमा राणा शासन विरुद्धका जुलुसहरु, भाषणहरु र मुख्यतः कम्युनिष्ट आन्दोलनका प्रनेता पुष्पलाल श्रेष्ठले दिनुभएको प्रशिक्षणले उहाँलाई राजनीतिमा दृढ भई अघि बढ्ने हौसला मिल्यो ।

पुष्पलालले मलाई दिनको २–३ घण्टा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका आधारमा रुस र चीनको इतिहास व्याख्या गर्दै पढाउनु हुन्थ्यो । त्यति पढाएपछि राजनीतिमा फुर्तिलो साथ अघि बढ्न सक्ने, वस्तु स्थितिलाई सम्हाल्न सक्ने, बुझ्न सक्ने, नेत्तृत्व गर्न सक्ने क्षमता म मा धेरै बढेर आयो ।

८९ वर्षे जनक मान श्रेष्ठले नेपालको इतिहास नजिकैबाट हेर्नु भएको छ । राणा शासन ढलेको देखि जनताले शाहवंशीय राजतन्त्र ढालेको सम्मका ऐतिहासिक क्षणहरु नजिकै बसेर नियालेका छन् । उनै जीवित धरोहरको बाल्यकाल देखि वैचारिक राजनैतिक रुपमा सचेत भई कम्युनिष्ट आन्दोलनमा होम्मिएका इतिहासका साक्षी जनक मान श्रेष्ठको कथा हो यो ।

फाईल फोटो : जनक मान श्रेष्ठ उनको पत्नीको साथमा

***
फोटो : जनक मान श्रेष्ठको फोटो एल्बमबाट

संगीत साभार: Balmorhea – To the Order of Night, Balmorhea – Barefoot Pilgrims, Blure  Moshimoss – Reminiscences