अँध्यारो नेपालको हरेक नागरिकले शिक्षा पाएको हेर्ने बुबाको सपना थियो : शहिद धर्मभक्त माथेमाका छोरी रेणू श्रेष्ठ माथेमा

रेणूले आफ्ना बुबा चिन्ने मौका नै पाएनन् । दुई अढाई वर्ष नपुग्दै बुबालाई फाँसी दिइयो । १०४ वर्ष नेपाललाई अन्धकारमा राखेको राणाकालीन युगको अन्त गर्न आफ्नो प्राण आहुती दिने वीर चार शहिदहरु मध्यका एक हुन् रेणूका बुबा – शहिद धर्म भक्त माथेमा ।

नर शम्शेर जंग बहादुर राणाले बुबालाई देश छोडेर भाग्न सुझाएकै थिए । तर सो सल्लाह नकार्दै, “मैले के अपराध गरेको छ देशलाई? म देशको लागि लड्न पनि तयार छु, मर्न पनि तयार छु ।” भनेर बुबाले उत्तर फर्काउनु भयो ।

रेणू श्रेष्ठ माथेमा ८० वर्षको हुनुहुन्छ अहिले । शहिदको छोरी भनेर सम्मान गर्दा असाध्यै खुशी लाग्छ उहाँलाई । हरेक नागरिकलाई शिक्षा दिलाउने बुबाको सपना साकार पार्न ४५ वर्ष शिक्षा क्षेत्रमा काम गरिसक्नु भएको छ । अझै पनि निरन्तर अघि बढि नै रहनुभएको छ ।

यो कथा शहिदको छोरीको हो । यो कथा रेणू श्रेष्ठ माथेमाको हो ।

फोटो साभार  : रेणू श्रेष्ठ माथेमा र बिकिल स्थापित 
संगीत साभार : Ãlafur Arnalds – TREE, Beth’s theme & Sylvain Chauveau – A Cloud Of Dust